पछिल्ला अपडेटहरु
  भेडा बाख्रामा लाग्ने पिपिआर रोग नियन्त्रण तथा रोकथामको लागि सप्ताहव्यापी खोप अभियान सञ्चालन कार्ययोजना,२०८०       |   समुदायमा आधारीत एक वडा एक कृषि उत्पादन कार्यक्रम कार्यान्वयन कार्यविधि,२०८०       |   बिउपूजी परिचालन कार्यविधि,२०८०       |   स्वदेशी उद्योगवाट उत्पादित कृषि औजार र प्रविधिमा प्रोत्साहन कार्यक्रम सञ्चालन कार्यविधि,२०८०       |   एक प्रदेश निर्वाचन क्षेत्र एक प्राङ्गारिक मल कारखाना स्थापना कार्यक्रम सञ्चालन कार्यविधि,२०८०       |   दुध उत्पादनमा आधारित अनुदान वितरण कार्यविधि,२०८०       |   उत्कृष्ट दुध उत्पादन कृषक।सहकारी पुरस्कार कार्यक्रम कार्यान्वयन कार्यविधि,२०८०       |   अण्डासँग सम्बन्धित सहकारीलाई लागत साझेदारीमा प्रविधि र पुर्वाधार सहयोग कार्यक्रम कार्यान्वयन कार्यविधि,२०८०       |

शीत भण्डारण निर्माण

परिभाषा: विभिन्न कृषिजन्य उपजहरु- बाली, पशुजन्य पदार्थ, माछा, तरकारी, फलफूल आदिको भण्डारणको लागि मल्टि-च्याम्बर एन्टीग्रेसनयुक्त प्राविधिक रुपमा उपयुक्त शीत भण्डारण गृह।

साझेदार संस्था: कृषक समूह, कृषि सहकारी, कृषिसँग सम्बन्धित कम्पनी, निजी वा सामूहिक कृषि फार्म

उद्देश्य:

  • कृषि उपजहरुको भण्डारण गर्ने
  • उत्पादनोपरान्त क्षति न्यूनीकरण गर्ने
  • कृषकहरुको आय वृद्धि गर्ने
  • स्थानीय स्तरमा रोजगारी सिर्जना गर्ने

कूल भण्डारण क्षमता : १७,७०० मे. टन.

क्र.संस्थानक्षमता (मे.टन)साझेदार
१.कालिका-२, रसुवा३००कालिका गाउँपालिका / धैबुङ्ग कालिकास्थान साना किसान कृषि सहकारी संस्था लि.
२. सुनकोशी -५, सिन्धुली५००मुकुटेश्वर बहुउद्देश्यीय कृषि सहकारी सं. लि./ सुनकोशी गाउँपालिका
३. भिमेश्वर- ८, दोलखा२००तिलोत्तमा हिमाली फुड प्रोडक्सन एण्ड रिसर्च सेन्टर
४.लिसंखुपाखर- ७, सिन्धुपाल्चोक५००लिसंखुपाखर गाउँपालिका/ गोल्मुथान कृषि सहकारी संस्था लि.
५.इन्द्रावती, सिन्धुपाल्चोक५००इन्द्रावती गाउँपालिका/ पोखरे साना किसान कृषि सहकारी संस्था लि.
६.जिरी- 5, दोलखा५००जिरी कृषि सहकारी संस्था लि./ जिरी नगरपालिका
७. मन्थली, रामेछाप५००मन्थली नगरपालिका
८.खैरहनी-६, चितवन१५००खैरहनी नगरपालिका/ श्री साना किसान कृषि सहकारी संस्था लि.
९.बेनिघाट रोराङ्ग-७, धादिङ्ग१५००श्री कृषक सुधार फलफूल तथा तरकारी सहकारी संस्था लि.
१०. विदुर न.पा.-5, नुवाकोट५०००हिमालयन शीत भण्डार प्रा. लि.
११. बेलकोटगढी न.पा.-10, नुवाकोट५०००बेलकोटगढी शीत भण्डार प्रा. लि.
१२. थाहा न.पा., मकवानपुर१७००थाहा न.पा., मकवानपुर