Latest Update
  कृषि-क्षेत्रमा-विपतबाट-क्षति-पुगेका-कृषकलाई-राहत-वितरण-कार्यविधि-प्रथम-संशोधन-२०८२       |   आर्थिक-वर्ष-२०८३-८४-को-वार्षिक-कार्यक्रमा-तर्जुमाको-लागि-सुझाव-उपलब्ध-गराउने-सम्बन्धि-सूचना       |   राष्ट्रिय-उत्कृष्ट-कृषक-पुरस्कार-सम्बन्धी-सूचना       |   बर्ड-फ्लू-H5N1-रोग-सम्बन्धी-अत्यन्त-जरुरी-प्रेस-विज्ञप्ति       |   कृषि-पशुपन्छी-तथा-मत्स्य-तालिम-कार्यक्रम-संचालन-तथा-व्यवस्थापन-कार्यविधि-२०८२       |   निर्माण-सम्पन्न-भएका-शीत-भण्डार-गृहहरुको-ईन्जिनियरिङ-अध्ययन-संस्थान-कन्सल्टेन्सी-सेवा-मार्फत-प्राविधिक-परिक्षण-कार्यक्रम-संचालन-सूचना       |   आ.व.-२0८१-08२-मा-राहत-रकम-वितरणका-लागी-छनोट-सम्बन्धी-विवरण       |   एक-प्रदेशसभा-सदस्य-निर्वाचन-क्षेत्र-एक-प्राङ्गारिक-मल-कारखाना-स्थापना-कार्यक्रम-सञ्चालन-कार्यविधि,२०८२       |

वर्तमान अवस्था

नेपालको संबिधान अनुसार तीन तहको संघीय संरचनाहरु गठन भए संगै नेपालमा लामो समयदेखि रही आएको राजनैतिक संक्रमणकाल अन्त भै मुलुक आर्थिक तथा सामाजिक समृद्धि तर्फ उन्मुख रहेको बर्तमान परिप्रेक्षमा संविधानले परिकल्पना गरेको सामाजिक न्याय सहितको आर्थिक समुन्नती र समृद्ध नेपाल निर्माण गर्ने तथा खाद्य सम्प्रभुत्ताको मौलिक हकहरूको प्रत्याभुती गर्न प्रतिष्पर्धी, व्यवसायिक र दिगो कृषि मार्फत उच्च र फराकिलो आर्थिक वृद्धिदर हासिल गर्नु जरुरी छ I

सरकारी, सहकारी तथा निजी साझेदारीमा उपलब्ध उर्वर जमिन, अपार जलश्रोत, वन, भौगोलिक तथा जैविक विविधताको बैज्ञानिक उपयोग एवं संरक्षण मार्फत बागमती प्रदेशको आर्थिक तथा सामाजिक समृद्धी हाँसिल गर्ने प्रशस्त सम्भावना छ I कुनै पनि देशमा बिरलै हुने १५ देखि ५९ बर्षको आर्थिक रुपले सक्रिय वा कमाउन सक्ने  जनसंख्या करिब ५८% र १५ देखि ४० बर्ष उमेरको जनसंख्या ३९% रहेको यस प्रदेशमा तीन-चार दशकसम्म कायम रहने जनासांखिक लाभांश (Population Dividend) को अवसर उपलब्ध छ I