पछिल्ला अपडेटहरु
  तह-वृद्धि-सम्बन्धी-सूचना।       |   वार्षिक-प्रगति-प्रतिवेदन-आ.व.-२०७९/०८०       |   “२२-औं-राष्ट्रिय-धान-दिवस-तथा-रोपाई-महोत्सव-२०८२-को-अवसरमा-शुभकामना”       |   कृषि-सहुलियतपूर्ण-कर्जा-व्याज-अनुदान-कार्यक्रममा-सहभागी-हुन-इच्छुक-कृषि-उद्यमीको-लागि-सूचना       |   FAO-संगको-सहकार्यमा-Four-Better-Model-Village-स्थापना-कार्यक्रम-संचालन-प्रक्रिया-२०८१       |   सिलबन्दी-दरभाउपत्र-आह्वान-गरिएको-समबन्धि-सुचना |       |   कृषि सहुलियत पूर्ण कर्जा (ब्याज अनुदान) कार्यक्रम कार्यविधि,२०८१       |   कृषि-सहुलियत-कर्जामा-ब्याज-अनुदान-उपलब्ध-गराउने-कार्यक्रममा-इच्छुक बैंक/वित्तीय-संस्थालाई-प्रस्ताव-पेश-गर्ने-समबन्धि -सूचना       |

Present Situation

नेपालको संबिधान अनुसार तीन तहको संघीय संरचनाहरु गठन भए संगै नेपालमा लामो समयदेखि रही आएको राजनैतिक संक्रमणकाल अन्त भै मुलुक आर्थिक तथा सामाजिक समृद्धि तर्फ उन्मुख रहेको बर्तमान परिप्रेक्षमा संविधानले परिकल्पना गरेको सामाजिक न्याय सहितको आर्थिक समुन्नती र समृद्ध नेपाल निर्माण गर्ने तथा खाद्य सम्प्रभुत्ताको मौलिक हकहरूको प्रत्याभुती गर्न प्रतिष्पर्धी, व्यवसायिक र दिगो कृषि मार्फत उच्च र फराकिलो आर्थिक वृद्धिदर हासिल गर्नु जरुरी छ I

सरकारी, सहकारी तथा निजी साझेदारीमा उपलब्ध उर्वर जमिन, अपार जलश्रोत, वन, भौगोलिक तथा जैविक विविधताको बैज्ञानिक उपयोग एवं संरक्षण मार्फत बागमती प्रदेशको आर्थिक तथा सामाजिक समृद्धी हाँसिल गर्ने प्रशस्त सम्भावना छ I कुनै पनि देशमा बिरलै हुने १५ देखि ५९ बर्षको आर्थिक रुपले सक्रिय वा कमाउन सक्ने  जनसंख्या करिब ५८% र १५ देखि ४० बर्ष उमेरको जनसंख्या ३९% रहेको यस प्रदेशमा तीन-चार दशकसम्म कायम रहने जनासांखिक लाभांश (Population Dividend) को अवसर उपलब्ध छ I