पछिल्ला अपडेटहरु
  भेडा बाख्रामा लाग्ने पिपिआर रोग नियन्त्रण तथा रोकथामको लागि सप्ताहव्यापी खोप अभियान सञ्चालन कार्ययोजना,२०८०       |   समुदायमा आधारीत एक वडा एक कृषि उत्पादन कार्यक्रम कार्यान्वयन कार्यविधि,२०८०       |   बिउपूजी परिचालन कार्यविधि,२०८०       |   स्वदेशी उद्योगवाट उत्पादित कृषि औजार र प्रविधिमा प्रोत्साहन कार्यक्रम सञ्चालन कार्यविधि,२०८०       |   एक प्रदेश निर्वाचन क्षेत्र एक प्राङ्गारिक मल कारखाना स्थापना कार्यक्रम सञ्चालन कार्यविधि,२०८०       |   दुध उत्पादनमा आधारित अनुदान वितरण कार्यविधि,२०८०       |   उत्कृष्ट दुध उत्पादन कृषक।सहकारी पुरस्कार कार्यक्रम कार्यान्वयन कार्यविधि,२०८०       |   अण्डासँग सम्बन्धित सहकारीलाई लागत साझेदारीमा प्रविधि र पुर्वाधार सहयोग कार्यक्रम कार्यान्वयन कार्यविधि,२०८०       |

सामुहिक खेती

परिभाषा: कृषि उपज उत्पादन, सेवा प्रवाह लगायतका कृषि जन्य क्रियाकलाप अधिकतम सामूहिक रुपमा हुने, लगानीको आधारमा सामूहिक रुपमा प्रतिफल बाँडफाँड गर्ने गरी कृषि सहकारी, कृषक समूह र निजी क्षेत्रको साझेदारीमा हुने खेती।

उद्देश्य:

  • जमिनलाई एकीकृत वा चक्लाबन्धी गरी आधुनिक र व्यावसायिक कृषिको प्रवर्धन गर्ने
  • साना तथा सिमान्तकृत कृषकहरुको आयश्रोत तथा जीवनस्तर अभिवृद्धि गर्ने
  • स्थानीय स्तरमा रोजगारी सिर्जना गर्ने
  • वृहत्तर कृषि उत्पादनका लागि विशिष्टीकृत क्षेत्रहरु निर्माण गर्ने
क्र. स.स्थान क्षेत्रफल सुरुवात वर्ष
१. दुधौली न.पा.,सिन्धुली १२१ बिगाहा २०७५/७६
२. माडी न.पा ., चितवन१०० बिगाहा२०७५/७६
३. इन्द्रावती गा.पा र मेलम्ची न.पा., सिन्धुपाल्चोक२०० बिगाहा२०७६/७७
४.लिखु गा.पा र पञ्चचकन्या गा.पा., नुवाकोट६०० हे.२०७६/७७
५. गौरीशंकर गा.पा., दोलखा२५०० रोपनी२०७७/७८