पछिल्ला अपडेटहरु
  सिलबन्दी-दरभाउपत्र-आह्वान-गरिएको-समबन्धि-सुचना |       |   कृषि सहुलियत पूर्ण कर्जा (ब्याज अनुदान) कार्यक्रम कार्यविधि,२०८१       |   कृषि-सहुलियत-कर्जामा-ब्याज-अनुदान-उपलब्ध-गराउने-कार्यक्रममा-इच्छुक बैंक/वित्तीय-संस्थालाई-प्रस्ताव-पेश-गर्ने-समबन्धि -सूचना       |   कृषि-मन्त्री-किसान-सम्बाद-कार्यक्रम( रेडियो/टेलिभिजन कार्यक्रम)आशयको-सूचना       |   सिलबन्दी-दरभाउपत्र-आव्हानको-सूचना       |   कृषि-क्षेत्रमा-विपदबाट-क्षति-पुगेका-कृषकलाई-राहत-सम्बन्धी-सूचना       |   “कृषि क्षेत्रमा विपदबाट क्षति पुगेका कृषकलाई राहत वितरण कार्यविधि,२०८१”       |   मागमा-आधारित-जिविकोपार्जन-सहयोग-कार्यक्रम-कार्यन्वयन-कार्यविधि-२०८१       |

वर्तमान अवस्था

नेपालको संबिधान अनुसार तीन तहको संघीय संरचनाहरु गठन भए संगै नेपालमा लामो समयदेखि रही आएको राजनैतिक संक्रमणकाल अन्त भै मुलुक आर्थिक तथा सामाजिक समृद्धि तर्फ उन्मुख रहेको बर्तमान परिप्रेक्षमा संविधानले परिकल्पना गरेको सामाजिक न्याय सहितको आर्थिक समुन्नती र समृद्ध नेपाल निर्माण गर्ने तथा खाद्य सम्प्रभुत्ताको मौलिक हकहरूको प्रत्याभुती गर्न प्रतिष्पर्धी, व्यवसायिक र दिगो कृषि मार्फत उच्च र फराकिलो आर्थिक वृद्धिदर हासिल गर्नु जरुरी छ I

सरकारी, सहकारी तथा निजी साझेदारीमा उपलब्ध उर्वर जमिन, अपार जलश्रोत, वन, भौगोलिक तथा जैविक विविधताको बैज्ञानिक उपयोग एवं संरक्षण मार्फत बागमती प्रदेशको आर्थिक तथा सामाजिक समृद्धी हाँसिल गर्ने प्रशस्त सम्भावना छ I कुनै पनि देशमा बिरलै हुने १५ देखि ५९ बर्षको आर्थिक रुपले सक्रिय वा कमाउन सक्ने  जनसंख्या करिब ५८% र १५ देखि ४० बर्ष उमेरको जनसंख्या ३९% रहेको यस प्रदेशमा तीन-चार दशकसम्म कायम रहने जनासांखिक लाभांश (Population Dividend) को अवसर उपलब्ध छ I