Latest Update

About Us

२०७२ सालमा जारी गरिएको नेपालको संविधान अनुसार सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको मूल संरचना सङ्‍घ, प्रदेश र स्थानीय तह गरी तीन तहको हुने व्यवस्था गरिएको छ। नेपालको संविधानको भाग १३ मा प्रदेश कार्यपालिकाको व्यवस्था भएको र सोहि संवैधानिक व्यवस्था बमोजिम मिति २०७४ माघ २८ गते यस भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, बागमती प्रदेशको स्थापना भएको हो।

नेपालको संविधानको अनुसूची ६ मा व्यवस्था भए बमोजिम प्रदेशको अधिकारको सूची, अनुसूची ७ मा रहेको सङ्‍घ र प्रदेशको साझा अधिकारको सूची र अनुसूची ९ मा रहेको सङ्‍घ, प्रदेश र स्थानीय तहको अधिकारको साझा सूची तथा प्रदेश सरकार (कार्य विभाजन) नियमावली, २०७४ मा उल्लिखित कार्य जिम्मेवारीको अधिनमा रही भूमि, कृषि तथा सहकारी क्षेत्रको दिगो विकास, खाद्य सम्प्रभुतासम्पन्न आत्मनिर्भर र सम्वृद्ध प्रदेश निर्माण गर्ने यस मन्त्रालयको दुरदृष्टी रहेको छ।