पछिल्ला अपडेटहरु
  स्थानीय-तहमा-अनुदान-अन्तर्गत-कृषि-कार्यक्रम-कार्यान्वयन-कार्यविधि-२०८२       |   सामुदायिक-साईलेज-प्लान्ट-स्थापना-तथा-सुदृढीकरण-कार्यक्रम-कार्यान्वयन-कार्यविधि-२०८२       |   बिउ-बिजन-आत्मनिर्भर-कार्यक्रम-कार्यान्वयन-कार्यविधि-२०८२       |   पुष्प-क्षेत्रको-आत्मनिर्भरताका-लागि-आधुनिक-ग्रीनहाउस-निर्माण-सहयोग-कार्यक्रम-कार्यान्वयन-कार्यविधि, २०८२       |   खोरेत-रोगमुक्त-क्षेत्र-कार्यक्रम-कार्यान्वयन-कार्यविधि-२०८२       |   कृषि-पशुपन्छी-तथा-मत्स्य-व्यवसाय-सहयोग-कार्यक्रम-स्टार्टअप-ग्रान्ट-कार्यान्वयन-कार्यविधि, २०८२       |   एक-जिल्ला-एक-विशेष-कृषि-पशुपन्छी-तथा-मत्स्य-पकेट-क्षेत्र-कार्यक्रम-कार्यान्वयन-कार्यविध, २०८२       |   एकीकृत-पशुपन्छी-तथा-मत्स्य-विकास-कार्यक्रम-कार्यान्वयन-कार्यविधि-२०८२       |

एकीकृत कृषि मोडल फार्म

परिभाषा: उपलब्ध जनशक्ति, प्राकृतिक श्रोत र उन्‍नत प्रविधिको दिगो रुपमा प्रयोग गरी सञ्चालनमा आएको वा आउन सक्ने आधुनिक प्रणालीमा आधारित व्यवसायिक र नाफामूलक कृषि फार्म।

  • प्रविधि, व्यवस्थापन, भौतिक संरचना तथा प्राकृतिक श्रोतको दिगो र प्रभावकारी परिचालन तथा स्वस्थ कृषि उपज उत्पादन, प्रमाणीकरण र वितरणको दृष्टिकोणबाट अनुकरणीय।
  • कृषिसँग सम्बन्धित खाद्यान्न बाली, फलफूल, तरकारी, मसला बाली(अदुवा, वेसार आदि), पुष्प,औद्योगिक बाली (चिया, कफी, अलैँची, आदि), नगदे बाली (दाल, तेल आदी) रैथाने बाली,च्याउ, मौरी, रेशम तथा कानून बमोजिम उत्पादन गर्न मिल्ने वनस्पति र वन्यजन्तु आदिको कम्तिमा दुई वा दुईभन्दा बढी बालीवस्तुको एकीकृत रुपमा सञ्चालन गरिएको उत्पादन मूलक र पशुपन्‍छी /माछाफार्म।

उद्देश्य:

  • खेतियोग्य जमीनको चक्लाबन्दी र एकीकृत गरी व्यावसायिक कृषि प्रणालीका आधारहरुको विकास गर्ने ।
  • अत्याधुनिक कृषि प्रविधिको अवलम्बन गर्दै कृषि उत्पादन/उत्पादकत्वमा वृद्धि गरी आयात न्यूनिकरण तथा निर्यात प्रवर्धन गर्न सहयोग पुर्याउने।
  • बेरोजगार तथा वैदेशिक रोजगारबाट फर्केका युवाहरुलाई कृषि पेशामा आकर्षित हुन प्रोत्साहित गर्ने ।
  • स्थानीय कृषि तालिम तथा स्रोतकेन्द्रको विकास गरी आसपासका कृषक तथा उद्यमीहरुलाई सेवा प्रदान गर्ने।
  • कृषि क्षेत्रमा लगानी बढाई व्यावसायिकता र उद्यमशिलताको विकास गर्ने ।
कार्यक्रमको नाम : एकीकृत कृषि मोडल फार्म विकास तथा विस्तार कार्यक्रम

क्र. सं.
फार्मको नाम
ठेगाना
१. केरुङ्गा सामूहिक तरकारी कृषि फार्म प्रा.लि.
भरतपुर-२४, चितवन
२.केवलपुर एग्रो फार्म प्रा.लि.
थाँक्रे-१०, धादिङ्ग
३. प्रसिद्ध कफी स्टेट प्रा.लि.
ककनी-६, नुवाकोट
४. गोल्डेन फार्म्स प्रा.लि.
भुम्लु-५, काभ्रे
५. हेलम्बु एग्रो फार्म एण्ड रिसर्च सेन्टर प्रा.लि.
हेलम्बु-३, सिन्धुपाल्चोक
६. बिग एग्रीकल्चर प्रा.लि.
हेलम्बु-४, सिन्धुपाल्चोक
७. एग्रो एण्ड लाइभस्टक नेपाल प्रा.लि.
गोकुलगंगा-३ ,रामेछाप
८. सप्‍तभूमे एग्रो एण्ड रिसर्च सेन्टर प्रा.लि.
गोकुलगंगा-३ ,रामेछाप
९. सिन्धुली एग्रो कम्पनी प्रा.लि.
कमलामाई-९, सिन्धुली
१०. जि.के. कृषि फार्म प्रा.लि.
थाहा-३, मकवानपुर

स्वीकृत बजेट: रु. ५ करोड – आ.व. २०७७/७८
                      : रु. १० करोड – आ.व. २०७६/७७

Adobe Scan Sep 17, 2025 (1) (2)