कार्यहरु
मन्त्रालयवाट सम्पादन हुने कार्यहरु :
| १ | कृषि, पशु विकास तथा खाद्य पोषण सम्वन्धी प्रादेशिक निति, कानून मापदण्ड र योजना तर्जुमा, कार्यान्वयन र नियमन |
|---|---|
| २ | कृषि तथा पशुपन्छी जन्य रोग, किरा एवं महामारी नियन्त्रण |
| ३ | कृषि औद्योगिकीकरण र पशुपन्छी उद्योग व्यवसायको विकास तथा प्रवर्द्धन |
| ४ | कृषि तथा पशु यान्त्रिकीकरण र उन्नत औजार विकास तथा विस्तार |
| ५ | कृषि तथा पशुरोग निदान प्रयोगशाला व्यवस्थापन र नियमन् |
| ६ | कृषि उपज, कृषिजन्य बस्तु ,पशुपन्छी,पशुपन्छीजन्य पदार्थ र पशु उत्पादन सामग्री तथा बिउबिजन एवम् नश्ल सम्बन्धी सेवा र प्रविधिको गुणस्तर निर्धारण, सम्बद्धता निर्धारण, स्तरीयकरण, प्रमाणीकरण र नियमन |
| ७ | प्रादेशिक खाद्य सुरक्षा, खाद्य अधिकार , खाद्य सम्प्रभुता र खाद्य गुणस्तर |
| ८ | कृषि तथा पशुपन्छी एवं खाद्य प्रविधि सम्वन्धी अध्ययन,अनुसन्धान एवम् विकास तथा प्रवर्द्धन, तथ्याङ्क प्रणालीको व्यवस्थापन र स्रोत संरक्षण |
| ९ | कृषि मल, बिऊ र बिषादी आपुर्ति व्यवस्था र नयमन |
| १० | कृषि प्रसार, कृषक तालिम तथा क्षमता विकास र सशत्तिकरण |
| ११ | कृषि उपजको न्यूनतम समर्थन मूल्य कार्यान्वयन |
| १२ | कृषि तथा पशुपन्छी बीमा सम्बन्धी नीति तथा योजना तर्जुमा र कार्यान्वयन |
| १३ | कृषि बजार, पूर्वाधार र कृषि फार्म केन्द्रहरुको विकास, विस्तार तथा सञ्चालन |
| १४ | राष्ट्रिय नीति र मापदण्ड बमोजिम पाराभेटको दर्ता, अनुमति, नवीकरण,खारेजी र नियमन |
| १५ | सामुहिक खेति कृषि करार खेतिको कार्यान्वयन र प्रवर्द्धन |
| १६ | चरन तथा खर्क सम्बन्धी प्रादेशिक नीति तथा कानून तर्जुमा,कार्यान्वयन र नियमन |
| १७ | कृषि तथा पशुपन्छीजन्य औषधी, विषादी र सूक्ष्म पोषणतत्वयुत्त बस्तुको उपयोग र व्यवस्थापन सम्बन्धी प्रादेशिक नीति, कानून तथा मापदण्ड तर्जुमा र कार्यान्वयन तथा उत्पादन , उपयोग र बिक्री बितरणको अनुमति, अनुगमन र नियमन |
| १८ | भूमि व्यवस्थापन,भूमी प्रशासन र जग्गा नापजाँच, भूमिसुधार, भू-उपयोग तथा चक्लाबन्दी सम्बन्धी प्रादेशिक नीति, कानून तथा मापदण्डको तर्जुमा, कार्यान्वयन र नियमन |
| १९ | निजी, सरकारी तथा सर्वजनिक जग्गाको प्रादेशिक अभिलेख व्यवस्थापन |
| २० | जग्गादर्ता,रजिष्ट्रेशन,जग्गाधनी प्रमाणा पुर्जा,दाखिल खारेज, स्वामित्व हस्तान्तरण सम्बन्धी नीति तथा मापदण्ड तर्जुमा र कार्यान्वयन |
| २१ | संघीय सरकारबाट प्राप्त हुने नक्सा,भौगोलिक सूचना र अभिलेख तथा प्रदेशभित्रका नापनक्सा र अभिलेखको व्यवस्थापन |
| २२ | नाप नक्साका नियन्त्रण विन्दुहरुको सञ्जाल स्थापना |
| २३ | क्रमबद्ध कित्ता नापी र भूमि लागत सम्बन्धी मापदण्ड र कार्यान्वयन |
| २४ | भूमिहिन सुकुम्वासी,दलित ,मुत्त कमैया,हलिया,हरवा चरवा आदि वर्गकोबसोवास,जीविकोपार्जन र पुनःस्थापना सम्बन्धी प्रादेशिक नीति,कानून, मापदण्ड तथा योजना तर्जुमा, कार्यान्वयन र नियमन |
| २५ | सरकारी जग्गा भाडामा दिने सम्बन्धी नीति,कानून,तथा मापदण्ड तर्जुमा,कार्यान्वयन र नियमन |
| २६ | सुरक्षित बसोवास र जग्गा एकीकरण सम्बन्धी नीति कार्यान्वयन |
| २७ | गुठी तथा गुठीजग्गा व्यवस्थापन सम्बन्धी नीति,कानून, मापदण्ड तथा योजना तर्जुमा, कार्यान्वयन र नियमन तथा गुठी तथा गुठीजग्गाको संरक्षण , अभिलेख व्यवस्थापन र संघीय तथा स्थानीय तहसँग समन्वय |
| २८ | गरिवी निवारण सम्बन्धी प्रादेशिक नीति,कानून, मापदण्ड तथा योजना तर्जुमा, कार्यान्वयन र नियमन तथा अध्ययन, अनुसन्धान,सर्वेक्षण,सूचना संकलन,गरिब घरपरिवार पहिचान,सामाजिक सुरक्षा र संरक्षण |
| २९ | सहकारी संस्था,सहकारी संघ तथा सहकारी बैंक सम्बन्धी प्रादेशिक नीति,कानून तथा मापदण्डको तर्जुमा र कार्यान्वयन, सञ्चालन अनुमति, नियमन,तथ्याङ्क व्यवस्थापन र अध्ययन अनुसन्धान |
| ३० | सहकारी बचत तथा ऋण परिचालन सम्बन्धि प्रादेशिक मापदण्ड निर्धारण र नियमन |
| ३१ | सहकारी सम्बन्धमा संघीय, अन्तरप्रादेशिक र स्थानीय तहका संघ संस्थासँग समन्वय र सहकार्य |
| ३२ | सहकारी क्षेत्रको विकास तथा प्रवर्धन, क्षमता अभिवृद्धि र परिचालन |