पछिल्ला अपडेटहरु
  एक-प्रदेशसभा-सदस्य-निर्वाचन-क्षेत्र-एक-प्राङ्गारिक-मल-कारखाना-स्थापना-कार्यक्रम-सञ्चालन-कार्यविधि,२०८२       |   बिउ-बिजन-आत्मनिर्भर-कार्यक्रम-कार्यान्वयन-कार्यविधि-२०८२       |   कृषि-उत्कृष्ट-कृषक-पुरस्कार-सम्बन्धी-सूचना-कार्यविधि,२०८२       |   कृषि-क्षेत्रमा-विपतबाट-क्षेति-पुगेका-कृषकलाई-राहत-वितरण-कार्यविधि-२०८२       |   उत्कृष्ट-कार्यालयलाई-सम्मान-गर्ने-कार्यक्रम-कार्यन्वयन-कार्यविधि-२०८२       |   “लैङ्गिक-हिंसा-विरुद्धको-१६-दिने-अभियान”       |   स्थानीय-तहमा-अनुदान-अन्तर्गत-कृषि-कार्यक्रम-कार्यान्वयन-कार्यविधि-२०८२       |   सामुदायिक-साईलेज-प्लान्ट-स्थापना-तथा-सुदृढीकरण-कार्यक्रम-कार्यान्वयन-कार्यविधि-२०८२       |

Present Situation

नेपालको संबिधान अनुसार तीन तहको संघीय संरचनाहरु गठन भए संगै नेपालमा लामो समयदेखि रही आएको राजनैतिक संक्रमणकाल अन्त भै मुलुक आर्थिक तथा सामाजिक समृद्धि तर्फ उन्मुख रहेको बर्तमान परिप्रेक्षमा संविधानले परिकल्पना गरेको सामाजिक न्याय सहितको आर्थिक समुन्नती र समृद्ध नेपाल निर्माण गर्ने तथा खाद्य सम्प्रभुत्ताको मौलिक हकहरूको प्रत्याभुती गर्न प्रतिष्पर्धी, व्यवसायिक र दिगो कृषि मार्फत उच्च र फराकिलो आर्थिक वृद्धिदर हासिल गर्नु जरुरी छ I

सरकारी, सहकारी तथा निजी साझेदारीमा उपलब्ध उर्वर जमिन, अपार जलश्रोत, वन, भौगोलिक तथा जैविक विविधताको बैज्ञानिक उपयोग एवं संरक्षण मार्फत बागमती प्रदेशको आर्थिक तथा सामाजिक समृद्धी हाँसिल गर्ने प्रशस्त सम्भावना छ I कुनै पनि देशमा बिरलै हुने १५ देखि ५९ बर्षको आर्थिक रुपले सक्रिय वा कमाउन सक्ने  जनसंख्या करिब ५८% र १५ देखि ४० बर्ष उमेरको जनसंख्या ३९% रहेको यस प्रदेशमा तीन-चार दशकसम्म कायम रहने जनासांखिक लाभांश (Population Dividend) को अवसर उपलब्ध छ I