Latest Update
  बोलपत्र-स्वीकृत-गर्ने-आशयको-सूचना-सम्बन्धमा       |   कृषि-क्षेत्रमा-विपतबाट-क्षति-पुगेका-कृषकलाई-राहत-वितरण-कार्यविधि-प्रथम-संशोधन-२०८२       |   आर्थिक-वर्ष-२०८३-८४-को-वार्षिक-कार्यक्रमा-तर्जुमाको-लागि-सुझाव-उपलब्ध-गराउने-सम्बन्धि-सूचना       |   राष्ट्रिय-उत्कृष्ट-कृषक-पुरस्कार-सम्बन्धी-सूचना       |   बर्ड-फ्लू-H5N1-रोग-सम्बन्धी-अत्यन्त-जरुरी-प्रेस-विज्ञप्ति       |   कृषि-पशुपन्छी-तथा-मत्स्य-तालिम-कार्यक्रम-संचालन-तथा-व्यवस्थापन-कार्यविधि-२०८२       |   निर्माण-सम्पन्न-भएका-शीत-भण्डार-गृहहरुको-ईन्जिनियरिङ-अध्ययन-संस्थान-कन्सल्टेन्सी-सेवा-मार्फत-प्राविधिक-परिक्षण-कार्यक्रम-संचालन-सूचना       |   आ.व.-२0८१-08२-मा-राहत-रकम-वितरणका-लागी-छनोट-सम्बन्धी-विवरण       |

Integrated Agriculture Model Farm

परिभाषा: उपलब्ध जनशक्ति, प्राकृतिक श्रोत र उन्‍नत प्रविधिको दिगो रुपमा प्रयोग गरी सञ्चालनमा आएको वा आउन सक्ने आधुनिक प्रणालीमा आधारित व्यवसायिक र नाफामूलक कृषि फार्म।

  • प्रविधि, व्यवस्थापन, भौतिक संरचना तथा प्राकृतिक श्रोतको दिगो र प्रभावकारी परिचालन तथा स्वस्थ कृषि उपज उत्पादन, प्रमाणीकरण र वितरणको दृष्टिकोणबाट अनुकरणीय।
  • कृषिसँग सम्बन्धित खाद्यान्न बाली, फलफूल, तरकारी, मसला बाली(अदुवा, वेसार आदि), पुष्प,औद्योगिक बाली (चिया, कफी, अलैँची, आदि), नगदे बाली (दाल, तेल आदी) रैथाने बाली,च्याउ, मौरी, रेशम तथा कानून बमोजिम उत्पादन गर्न मिल्ने वनस्पति र वन्यजन्तु आदिको कम्तिमा दुई वा दुईभन्दा बढी बालीवस्तुको एकीकृत रुपमा सञ्चालन गरिएको उत्पादन मूलक र पशुपन्‍छी /माछाफार्म।

उद्देश्य:

  • खेतियोग्य जमीनको चक्लाबन्दी र एकीकृत गरी व्यावसायिक कृषि प्रणालीका आधारहरुको विकास गर्ने ।
  • अत्याधुनिक कृषि प्रविधिको अवलम्बन गर्दै कृषि उत्पादन/उत्पादकत्वमा वृद्धि गरी आयात न्यूनिकरण तथा निर्यात प्रवर्धन गर्न सहयोग पुर्याउने।
  • बेरोजगार तथा वैदेशिक रोजगारबाट फर्केका युवाहरुलाई कृषि पेशामा आकर्षित हुन प्रोत्साहित गर्ने ।
  • स्थानीय कृषि तालिम तथा स्रोतकेन्द्रको विकास गरी आसपासका कृषक तथा उद्यमीहरुलाई सेवा प्रदान गर्ने।
  • कृषि क्षेत्रमा लगानी बढाई व्यावसायिकता र उद्यमशिलताको विकास गर्ने ।
कार्यक्रमको नाम : एकीकृत कृषि मोडल फार्म विकास तथा विस्तार कार्यक्रम

क्र. सं.
फार्मको नाम
ठेगाना
१. केरुङ्गा सामूहिक तरकारी कृषि फार्म प्रा.लि.
भरतपुर-२४, चितवन
२.केवलपुर एग्रो फार्म प्रा.लि.
थाँक्रे-१०, धादिङ्ग
३. प्रसिद्ध कफी स्टेट प्रा.लि.
ककनी-६, नुवाकोट
४. गोल्डेन फार्म्स प्रा.लि.
भुम्लु-५, काभ्रे
५. हेलम्बु एग्रो फार्म एण्ड रिसर्च सेन्टर प्रा.लि.
हेलम्बु-३, सिन्धुपाल्चोक
६. बिग एग्रीकल्चर प्रा.लि.
हेलम्बु-४, सिन्धुपाल्चोक
७. एग्रो एण्ड लाइभस्टक नेपाल प्रा.लि.
गोकुलगंगा-३ ,रामेछाप
८. सप्‍तभूमे एग्रो एण्ड रिसर्च सेन्टर प्रा.लि.
गोकुलगंगा-३ ,रामेछाप
९. सिन्धुली एग्रो कम्पनी प्रा.लि.
कमलामाई-९, सिन्धुली
१०. जि.के. कृषि फार्म प्रा.लि.
थाहा-३, मकवानपुर

स्वीकृत बजेट: रु. ५ करोड – आ.व. २०७७/७८
                      : रु. १० करोड – आ.व. २०७६/७७