सामुहिक खेती
परिभाषा: कृषि उपज उत्पादन, सेवा प्रवाह लगायतका कृषि जन्य क्रियाकलाप अधिकतम सामूहिक रुपमा हुने, लगानीको आधारमा सामूहिक रुपमा प्रतिफल बाँडफाँड गर्ने गरी कृषि सहकारी, कृषक समूह र निजी क्षेत्रको साझेदारीमा हुने खेती।
उद्देश्य:
- जमिनलाई एकीकृत वा चक्लाबन्धी गरी आधुनिक र व्यावसायिक कृषिको प्रवर्धन गर्ने
- साना तथा सिमान्तकृत कृषकहरुको आयश्रोत तथा जीवनस्तर अभिवृद्धि गर्ने
- स्थानीय स्तरमा रोजगारी सिर्जना गर्ने
- वृहत्तर कृषि उत्पादनका लागि विशिष्टीकृत क्षेत्रहरु निर्माण गर्ने
क्र. स. | स्थान | क्षेत्रफल | सुरुवात वर्ष |
---|---|---|---|
१. | दुधौली न.पा.,सिन्धुली | १२१ बिगाहा | २०७५/७६ |
२. | माडी न.पा ., चितवन | १०० बिगाहा | २०७५/७६ |
३. | इन्द्रावती गा.पा र मेलम्ची न.पा., सिन्धुपाल्चोक | २०० बिगाहा | २०७६/७७ |
४. | लिखु गा.पा र पञ्चचकन्या गा.पा., नुवाकोट | ६०० हे. | २०७६/७७ |
५. | गौरीशंकर गा.पा., दोलखा | २५०० रोपनी | २०७७/७८ |